लोकप्रिय अभिनेता भुवन केसीको आज जन्मदिन

काठमाडौँ – सदावहार नायक भुवन केसीको आज जन्मदिन परेको छ । भुवनलाई आज बिहानैदेखि आफन्त, शुभचिन्तक र फ्यानहरुले शुभकामना दिइरहेका छन् । आफ्नो ६४ औँ जन्म दिन आफ्ना इस्टमित्र साथिभाइ संग घरमा नै मनाउदै छन् । काठमाडौंमा जन्मेका भुवन केसी चलचित्र क्षेत्रका एक सफल अभिनेताको रुपमा परिचित छन् । फिल्म जुनिबाट उनले आफ्नो करियर अगाडि बढाएका भुवन फिल्म क्षेत्रका चर्चित र विवादित व्यक्तित्व हुन् ।

पालि बाबु, सपना, सम्जना म तिमि बिना मरिहाल्छु ,विरासत, बादलपारि, चोर सिपाहि,करोण पति, राजु राजा राम, राको, मानिस, जस्ता फिल्ममा अभिनय गरिसकेका भुवन एक कुशल अभिनेताका अलावा एक निर्माता र निर्देशक पनि हुन् ।
दर्जनौं सफल फिल्ममा अभिनय गरेका भुवन केसीका कन्ट्रोभर्सी पनि दर्जन छन् । महिलाका कारण विवादमा तानिइरहने भुवन आफ्नै पत्निका कारण पनि लामो समय कन्ट्रोभर्सीको समाचारमा छाए ।

भुवनको जीवनमा थुप्रै युवतीको नाम जोडिए । यस्मा पछिल्लो पटक नायिका जिया केसीको नाम अग्रपंत्तीमा छ । भुवन र जिया केही वर्षदेखि एकसाथ बसिरहेका छन् । पछिल्ला केही वर्षदेखि उनी आफ्नै छोरा अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्दै आइरहेका भुवन चलचित्र ‘ड्रिम्स’ मार्फत त उनी निर्देशक बने ।

ड्रिम्सबाट निर्माता निर्देशकको रुपमा नाम चर्चामा आएता पनि उनी सोही चलचित्रकी नायिका साम्राज्ञी आर एल शाहसँगको लफडाका कारण धेरै तनावमा आए । सम्राज्ञीले भुवनलाई गम्भिर किसिमका आरोपहरु लगाएपछि भुवनले अड्डा अदालत धाइरहनु पर्यो । ६४ बर्षको उमेरमा पनि उस्तै ह्याण्डसम देखिएर निर्माण र निर्देशनको काममा खटिइरहेका भुवनलाई ओएस नेपालको तर्फबाट जन्मदिनको शुभकामना । बुढ्यौलीले छोइसक्दा पनि भुवन केसीको सुन्दरतामा अझैपनि कुनै कमी आएको छैन । त्यसैले उनलाई नेपाली फिल्म क्षेत्रका सदाबहार सुन्दर अभिनेता भनिएको हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *