पसलले मन्दिरको सौन्दर्य घटाएको भन्दै मन्दिर खुलेपछि पशुपति परिसरका पसल डोजर लगाएर हटाउने तयारी

काठमाडौं-मन्दिर खुलेपछि पशुपति परिसरका पसल डोजर लगाएर हटाउने तयारी भएको छ । अव्यवस्थित रुपमा सञ्चालित फूल र पूजाको सामग्री पसलमा डोजर लगाएर हटाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।पटक(पटक सार्वजनिक सूचना दिँदा पनि पशुपति क्षेत्रमा अनाधिकृत रुपमा सञ्चालित पसल हटाउन अनुरोध गर्दा पनि हटाउन अटेर गरेपछि अन्तत डोजर लगाएर हटाउने तयारी भइरहेको बताइएको छ ।

पसलले मन्दिरको सौन्दर्य घटाएको र दर्शनार्थीलाई दुःख दिएको गुनासो बढेपछि वन काली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसललाईसुरक्षित स्थानमा व्यवस्थापन गर्न लागेको हो ।कोषले सञ्चालनमा रहेका पसललाई नयाँ टहरामा व्यवस्थापन गर्ने भएको छ।

हाल मन्दिर परिसरमा १ सय ६४ वटा पसल सञ्चालित छन्। १ सय २८ वटा पसललाई व्यवस्थापन गरिने भएको छ। स्थानीय र पुरानो पसलहरूले सम्झौता गरि बसेकालाई पहिलो प्राथमिकतामा राखी प्रक्रिया अगाडि बढाइएको छ। रानो पसलले महिनाको पाँच सय बुझाउने गरेका थिए। त्यस्तै सरकारले मठ मन्दिर खुलाउन निर्देशन नदिएकाले तत्काल मन्दिर नखोलिने बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *