विवेकशीलले माग्यो मेयर शाक्य आइसोलेसनमा बस्दाको खर्च विवरण

विवेकशील नेपाली दलले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित हुँदा बसेको होटल खर्चको विवरण माग गरेको छ।

दलकी संघीय समिति सदस्य रञ्जु दर्शना, रजिया बानु र प्रमेश श्रेष्ठले बुधबार महानगरसँग मेयर शाक्य पाँचतारे होटलमा आइसोलेसन बस्दाका खर्चबारे विवरण मागेका हुन्।

उनीहरूले कोरोना रोकथामका लागि महानगरले गरेको खर्चको विवरणसमेत माग गर्दै सूचनाको हकसम्बन्धी निवेदन दर्ता गरेको विवेकशील नेपाली दलले जनाएको छ।

शाक्य आइसोलेसन बस्दा महानगरले खर्च व्यहोरेको भन्दै उनीहरूले उक्त विवरण मागेका हुन्।

चार कम्पनीका गुणस्तरहीन स्यानिटाइजर प्रयोग नगर्न विभागको आग्रह

औषधि व्यवस्था विभागले चार कम्पनीले गुणस्तरहीन स्यानिटाइजर बिक्री वितरण गरेको पाइएको बताएको छ।

विभागले बजारमा बिक्री वितरणमा रहेका ह्यान्ड स्यानिटाइजरको नमूना संकल गरेर राष्ट्रिय औषधि प्रयोगशालमा परिक्षण गर्दा तोकेको मापदण्डअनुसार नभएको बताएको हो।

‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर’ (अल्कोहल बेस्ड) सम्बन्धित स्तर २०७६ विपरित विषाक्त रसाय (मिथानोर) समावेश भएको (सि नं. २ र४) र न्यून गुणस्तरको (सि.न. १ र ३) पाइएको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

चाइनिज कम्पनी गनजुआ आबोपेकल फाइन केमिकलबाट उत्पादित नन वासिक एन्टिब्याक्टेरिया सोलुसन १२०एमएल गुणस्तरहीन पाइएको छ।

त्यसैगरी, ललितपूरमा रहेको सम्पदा हेल्थकेयर प्रालीले उत्पादन गरेको ससा इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ५० एमएल, भारतिय कम्पनी आरएल कर्पबाट उत्पादित पमाकेयर इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ६० एमएल गुणस्तरहीन पाइएको छ।

काठमाडौंमा रहेको श्रीनाथ हर्वल एन्ड कस्मेटीक इन्डस्ट्रीबाट उत्पादन गरेको युनिकेयर इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर६५ एमएल पनि एक हो।

विषाक्त रसायन मिश्रित र न्यून गुणस्तरहीनको ह्यान्ड स्यानिटाइजर बिक्री वितरण गरिरहेका यी चार कम्पनीको उत्पादन प्रयोग नगर्न विभागले आग्रह गरेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिए।

उक्त नामका स्यानिटाइजर प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सर्वसासधरणलाई प्रयोग नर्गन र नगारउन आग्रह गरिएको छ।

त्यस्ता स्यानिटाइजर उत्पादन तथा विक्री वितरण रोक्का गरेर सम्बन्धित आपूर्तिकर्तालाई फिर्ता गर्न विभागले सबै सरोकारवालाहरुलाई सूचित गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *