दशैंका लागि सिजीले ल्यायो यस्तो अफर !

काठमाडौँ । नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ ।

यस योजना अन्तर्गत सिजीले आफ्नो ग्राहकहरुलाई सिजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३०% सम्मको महा नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको हो ।

सिजीको कुनैपनि एल.ई.डि. टि.भी.को खरिदमा ३०% सम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टि.भी.हरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।

यस्तै, विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्न सकिन्छ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ । यो योजना सिजीले यहि भाद्र २९ गते नेपालभरि सिमित अवधिकालागि मात्र लागू गरेको छ ।

सिजीले आफ्नो सम्पूर्ण ग्राहकहरुमा कुशल स्वास्थ्यको कामना गर्दै दशै असल पर्वको रुपमा मनाउन अग्रहसमेत गरेको छ ।

(श्रोत : जनतापाटी)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *