काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो । आज मृत्यु पुष्टि हुनेमा सुनसरीका ४३ वर्षिय पुरुष, पर्साकी ७८ वर्षिया महिला, काठमाडौँकी ४६ वर्षिया महिला, ५१ र ५२ वर्षिय २ पुरुष, भक्तपुरका ७२ र ३८ वर्षिय २ पुरुष, चितवनका ६१ वर्षिय पुरुष, तनहँकी ७६ वर्षिया महिला, स्यांग्जाका ८५ वर्षिय पुरुष, गोरखाका ४५ वर्षिय पुरुष, कास्कीका ५१ वर्षिय पुरुष, रपन्देहीका ६० र ४० वर्षिय २ पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। ८ सय ५२ जना संक्रमण मुक्त भएका छन् ।
(श्रोत : जनता पाटी)