आज बिहान गएको भूकम्पका कारण पर्वतमा एक घर भत्कियो

पर्वत-बुधबार बिहान गएको भुकम्पका कारण कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ। भुकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो ।

भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गर्न सफल भइरहेको बताइएको छ ।

आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको सोही कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्काले गर्दा घर भत्किएको हो । आज बिहान ५ : २० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।भुकम्पले सर्वसाधारण त्रसित बनेका थिए ।

राम्चे केन्द्रविन्द्र भएर सिन्धुपाल्चोकमा फेरी अर्को भुकम्पको धक्का महशुश

काठमाडौं, ३१ भदौ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको छ । बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बाढी पहिरोल आजित र त्रसित भएका सिन्धुपाल्चोकबासी भुकम्प गएपछि पुन त्रसित भएका छन् । यस अघि बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको ठूलो भूकम्प गएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *