प्रहरी निरीक्षक खनाल भए उत्कृष्ट अनुसन्धानकर्ता

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता घोषित भएका छन् । प्रहरी दिवसको अवसरमा खनाललाई उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको छ । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंले उत्कृष्ट घोषित गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराध रहित समाज निर्माणको लक्ष्यमा व्यवसायिक क्षमताको प्रर्दशन गर्ने कुशल प्रहरी निरीक्षक भनेको छ । उसले अपराध अनुसन्धानको क्षेत्रमा खनालले उत्कृष्ट कार्य गरेकाले सम्मान गरिएको जनाएको छ ।

शैक्षिक गुणस्तर समान बनाउनुपर्ने

काठमाडौँ / काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताएका छन् । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताए ।

आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गरे । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्र्ने काममा निरन्तर लागिरहेका छौँ ।” विद्यालयले कोभिड नियन्त्रणमा उत्कृष्ट काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई विशेष सम्मान गरेको थियो । विद्यालयमा कक्षा १२ सम्म करिब एक हजार ३०० विद्यार्थी छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *