रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि !

काठमाडौँ । पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोर्चुगिज फुटबल महासंघका अनुसार यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीमा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण देखिएको हो ।

तर, रोनाल्डोलाई कुनै लक्षण देखिएको छैन । ३५ वर्षे रोनाल्डोले गत आइतबार आफ्नो मुलुक पोर्चुगलको तर्फबाट फ्रान्सका विरुद्ध नेसन्स लिगमा खेलेका थिए । पोर्चुगलले नेसन्स लिगमा बुधबार स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ ।

(श्रोत : जनता पाटी)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *