एजेन्सी :मानिसमा राम्रो आदत थोरै हुन्छन् । हाम्रो जीवन सुरक्षित र सुन्दर बनाउन राम्रा आदतलाई अपनाउनु पर्छ । नराम्रो आदतले हाम्रो जीवन नराम्रो बनाइदिन्छ । आउनुहोस् ज्योतिषको अनुसार नराम्रो आदत के के हुन् त्यसको बारेमा जानकारी लिऔं–जताततै थुक्नु हुँदैनः यदि तपाइँको जताततै थुक्ने बानी छ भने प्रसिद्धि, सम्मान र प्रतिष्ठा लामो समय टिक्दैन ।
यश गएमा धन पनि जान्छ । यसरी थुक्ने बानीबाट बुध र सुर्यले खराब प्रभाव पार्न सुरु गर्छ ।जुठो थालः कसैको बानी थालमा खाएर त्यहि थालमा चुठेर जाने बानी हुन्छ । यो शास्त्र विरुद्ध कर्म हो । यस्ता मानिसको जीवनमा सफलताको लागि संघर्ष धेरै गर्नुपर्छ र उसको घरमा शान्ति हुँदैन र मानसिक अशान्ती बढ्छ । यो आदतले चन्द्र र शनि खराब हुन्छ ।पाहुनालाई पानी नपिलाउनेः कयौ मानिसहरुले घरमा आएका पाहुनालाई पानीसम्म सोध्दैनन् ।
पाहुना होस् वा काम गर्ने कोही व्यक्ति सबैलाई स्वच्छ पानी पिलाउनु पर्छ । यसरी पानी पनि खान नदिने घरमा अचानक कुनै संकट आउछ ।विरुवाको हेरचाह नगर्नेः कसैको बानी घरमा विरुवा रोप्ने तर हेरचाह नगर्ने हुन्छ । घरका विरुवा परिवारका सदस्य जस्तै हुन्छन्, विरुवालाई माया र हेरचाचहको आवश्यकता पर्छ । विरुवामा बिहानै उचित मात्रामा पानी दिदा सुयर्, बुध र चन्द्रमा सम्बन्धि दुख हट्छ । तनावमुक्त जीवन प्राप्त हुन्छ ।
चप्पल जताततै फाल्नेः केही मानिसहरु चप्पल वा जुत्ता यता उता राख्छन,् भाडाँकुडा पनि फाल्छन् । यसरी फाल्नेको शनि खराब हुन्छ र उनलाई शत्रुले धेरै दुख दिनछन् । प्रतिष्ठामा असर पर्छ ।ओछ्यान ओछ्याइरहनुः कोही व्यक्तिले सुतेर उठेपनि ओछ्यान ओछ्याइरहेका हुन्छन् । फेरी त्यहि ओछ्यानमा राति सुत्छन् । यस्तो आदत त्याग्नु पर्छ । यस्तो गर्दा शनि र राहु खराब हुन्छ ।
खुट्टा गन्ह्राउनुः हाम्रो अंग मध्ये सबैभन्दा धेरै काम खुट्टाको हुन्छ । तर धेरै मानिसहरुले आफ्नो खुट्टाको सरसफाई र स्वस्थ्य राख्नमा अलिकति पनि ध्यान दिएका हुँदैनन । खुट्टाको सरसफाई नगरेमा केतुमा खराब उत्पन्न हुन्छ । गम्भीर रोग घरका सदस्यमा लाग्नेछ, चिडचिडापन बढ्नेछ र दिमाग पनि खराब हुन्छ ।खाली हात घर फर्कने आदतः मानिसहरु अफिसबाट घरमा आउदा दैनिक खाली हात फर्कन्छन् ।
घरमा बस्ने आमा, बहिनी, पत्नी वा बच्चाको लागि वा घरको लागि केही न केही जरुर ल्याउनु पर्छ । यसबाट घरका मानिसको मन प्रसन्न हुने भएकोले घरमा लक्ष्मीको वास हुन्छ । यसो गरिएन भने शुक्र र गुरुको शुभ असर प्राप्त हुँदैन ।थालमा जुठो खाना छाड्ने आदतः कोही मानिसको आदत थालमा केही न केही खाना छाड्ने हुन्छ । यसो गर्दा घरमा धनको लक्ष्मीको कमी हुन्छ । यसले घरमा सबै ग्रह खराब हुनेको खतरा पनि बढ्छ । थालमा जति खान सकिन्छ त्यतिमात्र लिनु जरुरी हुन्छ ।
यसैगरी मानिसले जीवनमा थुप्रै किसिमका नकारात्मक ऊर्जाको सामना गर्नुपर्दछ। कार्यलयमा होस् वा घरमा मानिसलाई गलत वास्तुको कारणले हानि पुगिरहेको हुन्छ। नकारात्मक ऊर्जाकै कारण धनको अभाव हुने, पारिवारिक समस्या हुने जस्ता अनेक समस्या हुने गर्दछ।यदि घरको वा कार्यलयको वास्तु ठिक छ भने मानिसलाई अत्यधिक लाभ हुनुका साथ उसमा सधैं सकारात्मक ऊर्जाको प्रभाव पर्ने गर्दछ।
जानिराखौं वास्तुका यस्ता उपाय जसले नकारात्मक ऊर्जालाई टाढा राख्नुका साथै मानिसलाई आर्थिक अभावबाट बचाउँछ तामाका ३ सिक्काः घरको दराजमा यदि सुन, चाँदी र पैसा राख्ने गर्नुहुन्छ भने त्यस ठाउँमा तामाका तीन सिक्का राख्दा अत्यधिक लाभ हुने वास्तुशास्त्रको मान्यता छ। त्यसैगरि उक्त तीन सिक्कालाई लक्ष्मीपूजा, शिवरात्रि र होलीमा पूजा गर्दा घरमा आर्थिक लाभ हुने गर्दछ।
श्रीयन्त्रको स्थापनाः घरको पूजा कोठामा शुभ दिनमा श्रीयन्त्रको स्थापना गरियो भने घरमा पारिवारिक सुख बढ्नुका साथै शुक्रबार महालक्ष्मीको मन्त्र जाप गरेर श्रीयन्त्रको पूजा गर्ने हो भने देवी लक्ष्मी प्रशन्न रहनुका साथै धन लाभसमेत हुने मान्यता छ।घोडाको तस्बिरः घरमा कहिल्यै पनि भगवानका प्रतिमा वा मुर्तिलाई एक अर्काको आमनेसामने राख्नु नहुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। यसले घरमा पारिवारिक कलह र अशान्ति निम्त्याउने गर्दछ। त्यसगरी घरमा घोडाको तस्बिर दक्षिण दिशामा फर्काएर राख्दा अत्याधिक लाभ हुने गर्दछ।
झाडु वा कुचोः घरमा झाडु वा कुचो राख्दा कसैको पनि आँखा नपुग्ने स्थानमा राख्नुपर्ने हुन्छ। त्यसैगरी झाडु वा कुचो माथि कुनैपनि किसिमका भारि वस्तु राख्नु नहुने साथै यसलाई कहिल्यै पनि लडाएर राख्नु हुँदैन। झाडु वा कुचोलाई वास्तुशास्त्रमा धेरै महत्व स्थान दिएको छ र यसलाई सहि तरिकाले घरमा राख्दा सकारात्मक ऊर्जाको प्रभाव बढ्ने गर्दछ।
उठ्ने समयः वास्तुशास्त्र वा हिन्दु परम्परा अनुसार मानिसले जहिल्यै पनि सुर्योदय हुनु भन्दा अगाडि उठ्नु पर्छ । यदि सुर्योदय पछि उठ्यो भने वास्तुदोष हुने र घर र जीवनमा नकारात्मक शक्ति प्रभाव बढ्ने गर्दछ।मुख्य द्वारः घरको मुख्य द्वार वा ढोकामा ओमको आकृति बनाउनु अत्यधिक लाभ हुने गर्दछ। यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश नगर्ने, त्यसैगरी त्यस ओम आकृतिलाई दैनिक धुप बत्ति गरियो भने घरमा सुख र सम्वृद्धि छाउने गर्दछ