पैसा राख्ने दराज घरको यो दिशामा राख्नुहोस्, कहिलै हुँदैन पैसाको अभाव

काठमाडौँ । यदी राम्रो कमाई हुँदाहुँदै पनि तपाईंकोमा पैसाको अभाव भइरहन्छ भने सम्झनुहोस तपाईंको पैसा राख्ने स्थल अर्थात दराजर बाकस गलत स्थानमा छ।गलत दिशामा बाकस राख्नाले तपाईंको गरिबी घटेको छैन । यस्तो अवस्थामा आउनुहोस जानौँ, पैसासँग जोडिएका समस्या भगाउनको लागि वास्तुशास्त्रका यी नियम पालना गर्न सकिन्छ।

वास्तुशास्त्रका अनुसार, दराज दक्षिण भागमा जहिल्यै ढोकाभन्दा कमसेकम एक इन्च अगाडि तर्फ र आग्नेय साथै नैऋत्य कुनालाई छाडेर राख्नु पर्दछ । यसको अलावा दराजको पछिल्लो भाग जहिल्यै दक्षिणतर्फ र ढोका उत्तरतर्फ खुल्नु पर्दछ।ध्यान राख्नुहोस कि दराज जुन कोठामा राखिएको छ त्यो कोठामा केवल एकमात्र प्रवेश द्वार हुनु पर्दछ । खास कुरा यो छ कि सो कोठामा भएको ढोका दुइमूखे हुनु पर्दछ ।

जुन कोठामा तिजोरी राखिन्छ सो कोठामा आग्नेय, नैऋत्य, वायव्य तथा दक्षिण दिशामा कुनै ढोका हुनु हुँदैन।दराज वाला कोठाको उत्तरी भागमा भए उत्तम हुन्छ । यदी ढोकाको मुख पूर्व या उत्तर दिशामा खुल्छ भने वास्तुले त्यसलाई शुभ मानेको छ । यसको अलावा यदी दराजको कोठामा पूर्व या उत्तरतर्फ केही उचाइमा एक सानो झ्याल पनि अवश्य हुनु पर्दछ।दराज भएको कोठा जहिल्यै आयातकार हुनु पर्दछ । यसको उचाई अन्य कोठाभन्दा कम हुनु हुँदैन।

दराजको दिशा अनुसार यस्तो फल प्राप्ति
ईशान्य कुनामा राखिएको दराजबाट अर्थनाश हुन्छ।आग्नेय कुनामा राखिएको दराजले बेमतलबको खर्च गराउँछ ।नैऋत्य दिशामा राखिएको दराजले केही समय पैसा जम्मा हुन्छ तर चाँडै खर्च या चोरी पनि हुन्छ ।जुन दराज खुट्टा हुँदैन, त्यहाँ पैसा राख्नु हुँदैन ।दराजमा सुगन्धित स्प्रे, अगरबत्ती राख्नुरहाल्नु हुँदैन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *