९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसको हालत के हुन्छ भन्ने आउने निर्वाचनमा देखिने बताएका छन् ।नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए । त्यसपछि आफूले संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको स्मरण गर्दै प्रचण्डले भनेका छन्, ‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो, छ वटै प्रदेशमा मुख्यमन्त्री चट भयो ।’
उनले अघि भने, ‘कसको हालत के हुन्छ आउने निर्वाचनमा देखिने छ ।’सुनारको सय चोट, लोहारको एकै चोटएमालेतिर संकेत गर्दै प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशका नाममा गाउँगाउँमा केही मान्छेको सिला खोज्दै हिँडेको बताए । उनले अघि भने, ‘सुनारको सय चोट, लोहारको एकै चोट भन्छन् । आज हामीले लोहारको एकै चोट हान्यौं ।’
नेकपा मसाल सम्पर्क केन्द्रसँग गरेको पार्टी एकता गणतीय मात्र नभई ज्यामितिय हुने उनको तर्क छ । अहिले माओवादीको संगठन सदस्य ८ लाख बढी रहेको भन्दै प्रचण्डले भने, ‘अब यो १० लाखभन्दा बढी भएर अगाडि बढ्छ ।’