दही खादा कसैले कल्पना नगरेको चकित बनाउने १५ फाइदाहरु,पुरा पढेर सेयर गरौ

गर्मीको समयमा हामीलाई चिसो खानेकुरा खान मन लाग्छ । यस समयमा पिसाब पोल्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, खाना नरुच्ने जस्ता समस्याका कारण गर्मीमा प्राय चिसो र साधारण खानेकुरा मन पर्छन् ।यसकारण पनि हामीले खाजा तथा खानामा दहीलाई समावेश गर्नु निकै फाइदाजक छ । दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने ‘फ्याट’ शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन डी शरिरको लागि लाभकारी हुन्छ । दहीका अन्य फाइदाहरु यस्ता छन्

बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीमा भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ ।खानासँगै दही पिउँदा खानेकुरा सजिलैसँग पच्छ, र अपचको समस्या कम हुन्छ । सरीरको तापक्रमलाई सन्तुलनमा राख्ने तथा आँतको गर्मी हटाउने काममा पनि दही लाभदायक हुन्छ ।पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ ।

दहीको सेवनले सरीरमा बोसाको मात्रा पनि नियन्त्रण गर्न सहयोग गर्छ ।गर्मीयाममा भोक नलाग्ने तथा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ । यस्तोमा दहीको सेवनले भोक जगाउँछ । एसिडिटी छ भने बिहान एक कचौरा दही खाएमा एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ ।

दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ । बाथको असर कम गर्छ बाथसम्बन्धी समस्या भएकाहरूले दही खाँदा राहत मिल्छ ।गर्मीको समयमा अनुहारमा चायाँ निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन् । अनुहारमा दहीको लेपन गरी केही समय राखेर राम्रोसँग गुलाब जलले धुनाले अनुहारको छाला मुलायम हुनुका साथै चिरा पर्ने वा छालाको पत्र उप्किने समस्या हट्दछ ।गर्मीमा घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा डढेर अँध्यारो बनेको छाला चम्किलो बन्दछ । दहीमा भिटामिन–ई, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ ।

जसले छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही र कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ ।दुध चुस्ने बच्चाहरुलाई दुध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएको छ भने दहीमा मह मिलाएर खुवाउँदा फाइदा पुग्छ । दहीमा भुटेको जिरा पिसेर हाली त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ ।

दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जान्छ । दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित राख्छ । दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । योनिको खटिरा हटाउँछ योनिमा खटिरा आउने समस्या छ भने दिनहुँ दही खाने गर्नाले खटिरा हराउँदै जान्छ ।

दिनहुँ दही खानाले दिमाग स्थिर रहन्छ । जसले चिन्तामुक्त हुन मद्दत गर्छ । यौन दुर्बलता भएमा खानाअघि दही खाने गर्नाले यौन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ ।व्यायामपछि लाभदायक दहीमा प्रोटिन, कार्बोहाइड्रेटलगायत सन्तुलित मात्रामा पाइने भएकाले व्यायामपछि दही खानु राम्रो हुन्छ । व्यायामका क्रममा पसिनामार्फत निकास भएका शरीरका खनिजको अभाव दही खानाले पूर्ति हुन्छ ।

रुघाखोकी लाग्ने गरिरहन्छ भने दिनहुँ दही खाने गर्नुपर्छ । दहीमा पाइने लाभकारी ब्याक्टेरियाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकी लागिरहने क्रम कम हुन्छ ।दहीमा अमिलोपन भए पनि यसमा दाँतका इनामेल हटाउने खालको अम्लीय तत्व हुँदैन । दहीमा ल्याक्टिक एसिड पाइन्छ, जसले दाँतको इनामेल हटाउनुको सट्टा दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।राति आँखा नदेख्ने समस्या छ भने दहीको पानीमा मरिचको धुलो मिसाई गाजलजसरी आँखावरिपरि लगाउनाले समस्या कम हुँदै जान्छ ।दहीले कपाल मालिस गरी केही समय त्यसै छोडेर धुने गरेमा कपाल झर्ने समस्याबाट राहत पाइन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *