९ ग्रहले जन्मकुण्डली र तपाइको जीवनमा कसरि प्रभाव पार्छन ?

एजेन्सी : ज्योतिष शास्त्रको अनुसार कुण्डलीमा कुल ९ ग्रह हुन्छ मान्छेको जीवनमा सबै ग्रहको छुट्टा-छुट्टै प्रभाव रहेको हुन्छ ज्योतिषशास्त्रको अनुसार जुन ग्रह कुण्डलीमा जसरी बसेको हुन्छ त्यसरी नै त्यसले असर गरेको हुन्छ त्यहि कारणले गर्दा हाम्रो जीवनमा फरक फरक अवस्था आएको हुन्छ ग्रहले हामीलाई शुभ र अशुभ संकेत देखाएको हुन्छ हाम्रो जीवनमा कुन ग्रहले कस्तो असर गरेको हुन्छ ? हेर्नुहोस्

सूर्य- सुर्यमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ शुभ सुर्यले तपाईलाई मान-सम्मान दिन्छ तर अशुभ सुर्यले आँखा सम्बन्धित समस्या देखाउँछ साथै अपमानित पनि हुनु पर्नेछ चन्द्रमा-चन्द्रमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ चन्द्रमा शुभ हुँदा तपाई मानसिक रूपमा स्थिर हुनेछ अशुभ चन्द्रमाले तपाईको मन धेरै चन्चल बनाउनेछ साथै तपाईमा मानसिक तनाव पनि बढी हुन्छ ।

मंगल- मंगल शुभ हुँदाखेरि तपाईलाई जमिन सम्बन्धि काममा विशेष लाभ मिल्छ उक्त काममा तपाईलाई आमाको सहयोग पनि भरपुर मिल्छ यदी मंगल अशुभ भयो भने तपाईको वैवाहिक जीवनमा समस्या आउनसक्छ साथै रगत सम्बन्धि समस्या पनि देखाउन सक्छ बुध- शुभ अवस्थामा बुधले तपाईको दिमागलाई बढी नै तेज बनाउँछ तर यदी अशुभ भयो भने तपाईले दिमागसंग सम्बन्धि कम गर्न सक्नु हुदैन् ।

गुरु- शुभ अवस्थामा गुरुले तपाईलाई धार्मिक काम तर्फ मन लगाउनछ तपाईलाई शिक्षा क्षेत्रमा धेरै लाभ हुन्छ यदी तपाईको गुरु ग्रह अशुभ छ भने जति मेहेनत गर्दा पनि फल पाउन सक्नु हुँदैन् सफलताको लागी एकदमै मेहेनत गर्नुपर्छ शुक्र- यदी तपाईको शुक्र ग्रह शुभ छ भने तपाईले सबै किसिमको भौतिक सुख-सुविधा पाउनु हुनेछ तपाईको जीवनमा ऐश र आरामले बित्नेछ अशुभ अवस्थामा भने वैवाहिक जीवनमा समस्या आउनेछ ।

शनि- शनि शुभ हुँदाखेरि तपाईलाई मेसिन सम्बन्धि काममा विशेष लाभ मिल्छ यो ग्रह अशुभ हुँदा दुर्भाग्यको सामना गर्नुपर्नेछ पैसाको समस्या तथा सावरी साधनले धेरै दु:ख दिनेछ ।राहु-केतु- शुभ अवस्था यो ग्रहले रहस्यमयी तरिकाले उपलब्धि दिन्छ तर अशुभ अवस्थामा भने मानसिक सम्बन्धि रोग तथा नशाको सिकार हुनु पर्नेछ ।

यसैगरी हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ मृत्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ । शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सही मार्ग देखाउन पनि यो पुराणको विशेष महत्व रहेको छ । आज हामी गरुढ पुराणका अनुसारमा मानिसले मृत्यु पूर्व कस्ता कार्य गरे उसले मोक्ष वा सफलता पाउँछ भन्ने उल्लेख गरिएको छ ।

विष्णुको उपासना : प्रत्येक हिन्दुलाई आफ्नो जीवनमा कमसेकम एक पटक भगवान विष्णु या उनको अवताको पूजा गर्न अनिर्वा छ भगवान विष्णुको पूजा अर्चना गर्नाले जीवनमा आइपर्ने संकट नाश हुने विश्वास छ भगवान विष्णुका दश अवतार रहेका छन् भने कयौं नामहरु रहेका छन् जसको नियमित जप गर्न सके जीवनमा आइपर्ने संकटबाट पार तरिने पुराणमा उल्लेख छ

एकादशी व्रत : वर्षमा २४ एकादशी हुन्छन् । यदि अधिक मास लागेको छ भने एकादशीको संख्या २६ हुन जान्छ धार्मिक ग्रन्थका अनुसार एकादशीको श्रेष्ठ बनाइएको छ र त्यसदिन ब्रत बस्दा मुक्ति प्राप्त हुन्छ एकादशीको ब्रत गर्दा जीवनमा एकाग्रशक्ति प्राप्त हुन्छ मन भट्नुबाट रोकिन्छ भने मृत्युपछि पनि एकादशीको ब्रतबाट पुण्य मिल्छ ।

गंगा स्नान : हिन्दु धर्ममा गंगालाई केवल नदीको रुपमा नभइ देवीको रुपमा व्याख्या गर्रिको छ । जसले गंगामा गएर स्नान गर्छ त्यस्ता मनुष्यको मोक्षको ढोका खुल्छ तुलसी पूजन : हिन्दू धर्म दर्शनका अनुसार विष्णु एवं तुलसीको पूजा गर्ने विशेष प्रावधान छ यदी विष्णुको पूजा पछि तुलसीको पूजा गरेका श्रीहरि प्रशन्न हुने धर्मशास्त्रमा वर्णन गरिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *