निफ्राका शेयर धनीहरुका लागि खुशीको खबर, कम्पनीद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ । पहिलो पटक हात खाली नहुनेगरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो ।बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ ।

भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ
नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताएका छन् । नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिवले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताए । शिवले भने–‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’

आज चलचित्र क्षेत्रको माहोल बन्नुमा भुवन केसीको ठूलो हात रहेको भन्दै शिवले केसीप्रति गर्व गर्नुपर्ने बताए । भने–‘त्यतिबेला कोही मान्छे जन्मिएको थिएन जतिबेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति चलचित्र लिएर आउनुभयो । उहाँले करोडपति चलचित्र नल्याएको भए यो क्षेत्र सखाप भैसक्थ्यो ।’

आजसम्म चलचित्र क्षेत्रका लागि कसैले दिन नसकेको योगदान भुवन केसीले दिएको शिवको भनाई छ । उनले भने–‘पहिले आफै चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो । आज फेरि चलचित्र क्षेत्रका लागि अनमोल केसी जन्माउनुभयो । मेरो छोरा पनि हिरो हो । तर, हिरो र कलाकारमा फरक हुन्छ । अनमोल केसी हिरो हो । आज हेर्नुहोस् त अनमोल केसी आएपछि चलचित्र क्षेत्रमा के–के भएको छ ।’शिवले भुवनको प्रशंसा गर्दै गर्दा भुवनले शिव श्रेष्ठ चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *