लाइन गएका बेला बाबुको काखमा बसेकी बसेकी छोरीलाई चितुवाले खोसेर लग्यो, चिच्याउँदै चितुवाको पछि गएपनि अध्यारो भएपछि चितुवालाई सकेनन् देख्न !

एजेन्सी- भारतको उत्तर प्रदेशको बहराइचमा आफ्ना पिताको काखमा बसेकी ६ वर्षकी छोरीलाई चितुवाले काखैबाट खोसेर लगेको छ । पछि लामो समय लगाएर खोजी गर्दा बालिकाको टाउको घरभन्दा ३ सय मिटर टाढा भेटिएको बताइको छ । बताइए अनुसार उक्त बालिकाको शरीर भने फेला परेको छैन् ।

आइतबार राती करिब ९ बजे देवतादीन यादव छोरी अंशिका भनिने राधिकासँग घरबाहिर बसेका थिए । त्यही बेला लाइन गयो । अँध्यारो भएपछि देवतादीनले छोरीलाई काखमा लिए । यही बेला चितुवा आएर काखमा बसेकी छोरीलाई झम्टेर लग्यो, चिच्याउँदै चितुवाको पछि गएपनि अध्यारो भएपछि चितुवालाई बाबुले देख्न नसकेको बताइएको छ ।

बालिका नभेटिएपछि वन विभागलाई सूचना दिइएको थियो ।१२ घण्टापछि सोमबार बिहान मात्र घरबाट करिब ३ सय मिटर टाढा बालिकाको टाउको मात्र फेला परेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *