बेकार कुरा ठानेर फ्याँकिने चौलानीलाई यसरी गर्नुस् प्रयोग,तपाईंको मोटोपन घटेर जान्छ !

चौलानीलाई मानिसहरू बेकार कुरा ठानेर फ्याँकिदिन्छन् तर स्वास्थ्यका लागि यो रामवाण हो ।चौलानीमा सबै आवश्यक पोषक तत्त्वहरू भरपूर हुन्छन् । यसको सेवनले तौल घटाउन सहयोग गर्छ अनि रक्तचाप पनि नियन्त्रणमा राख्छ । यहाँ हामी चौलानीका केही फाइदाका बारेमा कुरा गर्नेछौं ।
तौल घटाउँछ:चौलानी पिउँदा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि नियन्त्रणमा रहन्छ जसले गर्दा तौल घटाउन सहज हुन्छ । ​पाचन प्रक्रियामा सुधार:दिनदिनै चौलानी पिउँदा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन् । तिनले पाचन प्रक्रियालाई चुस्त बनाउँछन् । अझ चौलानीमा कागतीपानी मिसाउँदा कब्जियतको समस्या भाग्छ ।

ऊर्जा बढाउँछ:चामलमा कार्बोहाइड््रेट भरपूर हुनाले चौलानी पिउँदा शरीरमा दिनभरि ऊर्जा रहन्छ । बिहान एक गिलास चौलानी अवश्य पिउनुस् । त्यसमा अलिकति मह राखेर पिउँदा झनै राम्रो । ज्वरो भगाउँछ:भाइरल इन्फेक्सन वा ज्वरो आउँदा एक गिलास चौलानीमा मरिच राखेर पिउनुस् । छिटो ठीक हुनुहुनेछ ।

शरीरमा पानीको कमी हुन दिँदैन:चौलानीले शरीरलाई सबै आवश्यक पोषक पदार्थ दिन्छ र पानीको कमी पनि हुन दिँदैन । त्यसमा दूधको तर मिसाएर खाए हुन्छ । रक्तचाप नियन्त्रण;उक्त रक्तचापको समस्या छ भने दिनदिनै एक गिलास चौलानी पिउनुस् । त्यसमा भएको सोडियम भएकाले उच्च रक्तचाप र हाइपरटेन्सनमा फाइदा गर्छ । हाड बलियो;आधा गिलास चौलानी र आधा गिलास दूध मिसाएर पिउँदा हाड बलियो हुन्छ । यसरी पिइरहँदा बुढेसकालमा जोर्नी दुख्ने समस्या हुँदैन ।

चम्किलो छाला:दिनदिनै चौलानी पिउँदा छाला चम्किलो हुन्छ । चौलानीले अनुहार धोए पनि हुन्छ । यसले पिम्पल, चाउरी र आँखामुनि कालो जस्ता समस्या पनि भगाउँछ । कपाल झर्न रोक्छ;चौलानी पिउँदा वा त्यसले कपाल नुहाउँदा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । यसले तालुलाई सबै पोषक तत्त्व दिलाउने हुँदा कपालको जरा बलियो हुन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *