दाँतलाई माया गर्नुहुन्छ ? उसोभए भुलेर पनि नगर्नुहोस् यी गल्ती !

१. पुरानो ब्रस प्रयोग: दाँत माझ्ने ब्रस लामो समय प्रयोग गरिरहनु हुँदैन। कम्तीमा पनि तीन महिनामा नयाँ ब्रस बदल्नुपर्छ।
२. लामो समय ब्रस गर्ने: ब्रस गर्नु राम्रो हो तर, हामी लामो समयसम्म ब्रस गर्ने गल्ती गरिरहेका हुन्छौं। ब्रस गर्नुको अर्थ भनेको दाँतमा रहेको एवं अल्झिएको खानेकुरा सफा गर्नु हो। तर, हामी आवश्यक्ता भन्दा बढी समय ब्रस गर्छौ, जसले दाँतलाई नराम्रो असर गर्छ। कम्तीमा तीन मिनेटसम्म ब्रस गर्नु उपयुक्त हो।

३. खानापछि मात्रै ब्रस: धेरैजसोले बिहान उठ्नसाथ ब्रस गर्छन्। तर, गर्नुपर्ने चाहि के भने जब खाना खान्छौं, तब ब्रस गर्नुपर्छ। यसले गर्दा दाँतमा खानाको फोहोर जमेर बस्न पाउँदैन। खासगरी बिहान र बेलुकीको खाना पछि दुई पटक ब्रस गर्नु राम्रो हो।
४. जथाभावी ब्रस राख्नु: ब्रसले सोझै मुखको सम्पर्कमा आउँने साधन हो। तर, हामी ब्रस गरेपछि त्यसलाई बाथरुम वा जथाभावी राख्छौं। यसले ब्रसमा ब्याक्टेरिया जम्मा हुन्छ। उक्त ब्याक्टेरिया सजिलै हाम्रो शरीरमा प्रवेश गर्न सक्छन्।
५. पटख्न पटक पटक ब्रस गर्छन्। यसले पनि दाँतलाई फाइदा गर्दैन। यसरी पटक पटक ब्रस गर्दा दाँतको क्याबिटीमा नराम्रो असर पर्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *