भगवानको भजन गाउँदै पत्नी ब’टुल्दै, गरे चौथो बिवाह

काठमाडौं, भारतका ६५ बर्षीय भजन सम्राट अनुप जलोटाले हालै चौथो बिबाह गरेका छन् । ३७ वर्ष कान्छी ‘ग’र्लफ्रेण्ड’ लाई औपचारिक रूपमा घर भि’त्र्याएपछि अनुप फेरि चर्चामा आएका हुन् । नेपालसङ्ग सिमाना जोडिएको उत्तराखण्ड राज्यको नै’नितालमा जन्मेका अनुपको पहिलो बिबाह गुजराती युवती सोनालीसँग भएको थियो । उनले त्यतिबेला पनि परिवारको असहमतिका बा’वजुद आफ्नै भजन शिष्यसँग ल’गनगाँठो क’सेका थिए ।बिबाहको केही समयपछि नै उनीहरुबीच स’म्बन्धविच्छेद भयो र दोस्रो विवाहचाँहि पारिवारिक सहमतिमा ‘अ’रेञ्ज म्यारिज’ रहेको बताइन्छ ।

दोस्री श्रीमती विना भाटिया थिइन् । भा’टियासँगको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टि’क्न सकेन । त्यसपछि तेस्री श्रीमतीको रुपमा भारतका भूतपूर्व प्रधानमन्त्री आईके गुजरालकी भतिजी तथा शेखर कपुरकी पहिलो श्रीमती मेघा गुजरालसँग बिहे गरे ।मेघाको तर्फबाट अनुपका एक छोरा छन् ।छ वर्षअघि मिर्गौला बि’ग्रेर मेघाको नि’धन भयो । तेस्री श्रीमतीको नि’धनपश्चात् केही महिनाअघि उनले चौथो श्रीमतीको रुपमा २८ बर्षकी जस्लिन मथारुलाई भि’त्र्याएका छन् । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको गो’प्यताको रहस्य स्वयम् जस्लिनले भारतीय टेलिभिजन कार्यक्रम बिग बोसमार्फत् खु’लासा गरेकी थिइन् ।

हजारौं गीत, भजन र गजल गाएका अनुपले आफ्नो क’रियर अल इण्डिया रेडियोबाट शुरु गरेका थिए । अनुपको पछिल्लो बिबाहपछि एकजना भा’रतीय फ्या’नले सामाजिक सञ्जालमा लेखेका छन् ‘भगवानके भजन गाया करो, इसमेँ बहुत ताकत होती है ।’जन आस्था

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *